जिवन पराजुली। गत महिना ओएसआर डिजिटलको यूट्युबमा सार्वजनिक भएको नेपाली लघु चलचित्र ‘मन बार’ले राम्रै चर्चा बटुलिरहेको थियो । अभिनेत्री सुरक्षा पन्तको अभिनयको तारिफसँगै लेखक र निर्देशकले राम्रो काम गरेको प्रतिक्रिया आईरहेका थिए । यो चलचित्रलाई यो बीचमा आठ लाख बढिले हेरिसकेका थिए । यहि बीचमा कसैले हिन्दी भाषामा ‘नामर्द’ शिर्षकको हुबहु चलचित्र हेर्न पुगे । शुरुमा त नेपालीबाट भारतमा चोरिएको भनेर झुक्किए पनि, तर किन त्यस्तो हुन्थ्यो ! अपलोड मिति हेर्दा त एक बर्ष पहिले नै उक्त चलचित्र आईसकेको रहेछ । एक करोड बीस लाख बढिले हेरिसकेका रहेछन् ।
त्यसपछि एक कान दुई कान मैदान भैहाल्यो । शोसल मीडियाको जमाना जो छ, समाचार मात्र होईन शोसल मीडियाभर चोरीको आरोप नेपाली मेकर तर्फ फर्कियो । चोरेपछि चोर त भन्ने नै भए । यस्तासम्म आरोप लागे कि सारा नेपाली चलचित्र नै यसरी बन्छन् । हुन पनि हो यि हातले धेरैपटक फ्रेम बाई फ्रेम चोरी भएका समाचार लेखेकै हो । तर, सबै चलचित्र त्यसरी नै चाहिँ पक्कै बन्दैनन् । यद्यपी, बिग्रेको एउटा गोलभेडाको कथा त तपाईँलाई थाहै होला, लेखिरहनु पर्दैन ।
पहिले पहिले इन्टरनेटको सहजता नहुँदा र प्रविधिले अहिले जस्तो विकसित रुप नलिँदा हाम्रा महान अग्रजहरुले बजारमा किन्न पाईने हिन्दी चलचित्रहरुबाट हुबहु उतारेकै हुन् । हिन्दी चलचित्र हेर्न सजह हुन थालेपछि नेपालीले नबुज्ने भाषा खोज्दै नेपाली चलचित्र टर्किस भाषाका चलचित्रबाट फोटोकपि भएको पनि धेरै भएको छैन । जमाना अनुसार नेपाली चलचित्रका मेकरहरुभन्दा दर्शक निकै पर पुगिसके । यो हेक्का नराखी घुमाई फिराई विदेशी चलचित्रबाट प्लटहरु तानेर बनाईएका चलचित्रहरु दर्शकले ट्रेलर हेर्दा नै पत्ता लगाई दिन्छन् । अब अहिले आएर भारतको चलचित्र, त्यो पनि निशुल्क हेर्न पाईने यूट्युबमा र कोरोना महामारीको लकडाउनले पुरै इन्टरनेटमा सक्रिय रहेको बेला बीस मिनेट लामो चलचित्र पत्ता नलाग्ने कुरै भएन ।

त्यो चलचित्रबाट प्रभावित हुनु स्वभाविक हो तर त्यसैको स्क्रिप्ट अनुवाद गरी बनाउनु श्रृजनशिलताको उपहास गरिनु हो । जयेश मेस्ट्रीले लेखेको कथा, संवाद र निर्देशक उदय कामतले लेखेको पटकथालाई अनुवाद गरी रुपेन्द्र खड्गीले गर्वसाथ आफ्नो नाममा कथा, पटकथा र संवाद राखेका छन् । नेपाली अनुवादलाई जीवन शाहीले निर्देशक गरेका छन् ।
अनुवादित यस चलचित्रमा अभिनेत्री पन्त र कोशिस क्षेत्रीको प्रमूख अभिनय छ । चोरी आफुले नगरेपनि यसको शिकार भने उनिहरु पनि हुने नै भए । सँधै मौलिकतालाई बोकेर हिड्ने पन्तले यसपाली राम्रै झड्का पाईन् । खाँदै नखाएको बिष लागेझैँ भयो । ‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ’, उनले शोसल मीडियामा लेखेकी छन्, ‘ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु’ ।

उनले चलचित्र हुबहु उतारिएको थाहा पाएपछि यो चलचित्रको भाग २ बन्ने भनिएको तर अब आफुले काम नगर्ने बताएकी छन् । फेसबुक मार्फत आफ्ना भनाई राख्दै उनले भनेकी छन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला । कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ । ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु । तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न । इन्टरनेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु ।)
यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ । अर्को एउटा महत्वपुर्ण पाठ: टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ । रहनु उनकै लागि उपस्थितीले उनका समर्थकलाई निराश बनाउने नै भयो, आलोचकलाई टिप्पणीको एउटा मसला बन्ने देखिन्छ’ ।
हिन्दी लघु चलचित्र ‘नार्मद’ सन् २०२० फ्रेबुअरी २० मा रिलिज भएको थियो । उक्त चलचित्रले सन् २०१८ को माई थाने सर्ट फिल्म फेस्टिभलमा दुईवटा अवार्डसमेत जितेको थियो ।
पालै पालो दुवै चलचित्र हेर्नुहोस्:
यो हिन्दी चलचित्र हो:
यो नेपाली चलचित्र हो: