नेपालका सिनेमा हल र यूट्युबमा सार्वजनिक भइसकेको चलचित्र ‘वीर विक्रम २’ चाँडै हिन्दी भाषामा पनि रिलिज हुँदैछ । निर्देशक मिलन चाम्सले दुई वर्ष अगाडि भारतका सिनेमा हलमा प्रदर्शन गर्ने गरी चलचित्रको हिन्दी डब गरेका थिए । तर, कोरोना महामारी सुरु भएसँगै चलचित्र प्रदर्शन हुन पाएन । अबको एक महिनाभित्र चलचित्रलाई यूट्युबमा गरिने चाम्स बताउँछन् ।

नेपाली चलचित्रको भारतमा बजार खोज्ने उद्येश्य बोकेर ‘वीर विक्रम २’ को हिन्दी डब गरेको मिलनले बताएका छन् । ‘पैसा कमाउन हामीले चलचित्रको हिन्दी डब गरेका होइनौं । नेपाली चलचित्रको बजार खोज्न र भारतीय दर्शकलाई नेपाली चलचित्रको बानी बसाल्न हिन्दी डब गरेका थियौं । कोरोनाले सिनेमा हलमा चलचित्र रिलिज गर्न नपाए पनि अब चाँडै यूट्युबमा रिलिज गर्छौं,’ उनले भने ।
चलचित्रको हिन्दी डब एकदमै राम्रो भएको र दर्शकलाई देखाउन आफू आतुर रहेको उनको भनाई छ । नेपाली कलाकारहरुले कोशिश गरे भारतीय वा अन्य भाषाका चलचित्रमा जाने सम्भावना पनि बलियो रहेको उनी बताउँछन् । उनी थप्छन्, ‘कोशिश गरे असम्भव भन्ने केही छैन । विदेशी चलचित्रमा नेपाली कलाकारको सम्भावना बढाउन पनि मैले चलचित्रको हिन्दी डबिङ गरेको हुँ ।’
उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर २’ लाई हिन्दीसहित विभिन्न चार भाषामा डबिङ गराउने योजनामा छन् । त्यस्तै, अभिनेत्री साम्राज्ञी आरएल शाहसँगको चलचित्र पनि हिन्दीमा डब गरिने उनले बताए । यसको उद्देश्य अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको बजार खोज्नुका साथै विदेशी मेकरको नजरमा नेपाली कलाकारहरु पर्न सफल हुन्छन् कि भन्ने रहेको निर्देशक चाम्सको भनाई छ ।
निर्देशक मिलन चाम्ससँग गरिएको कुराकानी :-