रेखाको जनतालाई प्रश्न- ‘आफ्नो धैर्यताको सिमा तोड्ने बेला आएन र ?’



मानवजाती महामारीसँग लडिरहेको समयमा राजनीतिक दल आफ्नो स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुपमा चलेको अभिनेत्री रेखा थापाले बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘नागरिकको जीवन रक्षा गर्न सबै दलले भोट र विश्वाश पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन र अर्को सरकार वा चुनाव भए पनि जमिनी यथार्थ फेरिँदैन ।’

राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं निरीह रैति भएर बस्नु पर्ने उनको तर्क छ । राप्रपा नेतृ समेत रहेकी थापाले अगाडि लेखेकी छन्, ‘यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु गुनासो र गाली गर्ने चौतारो हुन् ?’

लासहरुले पनि हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने उल्लेख गर्दै उनी अगाडि लेख्छिन्, ‘यी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरुले आफ्नो पालामा के-के गरे ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को-को जिम्मेवार छन् ? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनु पर्छ । जनताले आफ्नो धैर्यताको सिमा तोड्ने बेला आएन र ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu