अभिनेता तथा युवा ज्योतिष ज्योतिष हरिहर अधिकारीका पिताको निधन भएको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोना भाइरसका कारण सोमवार निधन भएको हो । २० दिनदेखि कोरोनालाई जित्ने प्रयासमा रहेका उनको उपचारको क्रममा निधन भएको हो ।

उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भइरहेको थियो । उनी पेशाले ज्योतिष थिए । पिताकै प्रेरणाले हरिहरले पनि ज्योतिष शास्त्रको अध्ययन गरेका हुन् । यतिबेला हरिहर अधिकारीको सम्पूर्ण परिवार कोरोनासँग लडिरहेको छ ।
केही समय अगाडि एक अन्तर्वार्तामा हरिहरका पिताले छोराको सफलताबाट खुसी रहेको बताएका थिए । उनले छोरा अभिनीत पहिलो चलचित्र ‘शुभ लभ’ सिनेमा हलमा नै पुगेर हेरेका थिए । हरिहर पितासँग निकै नजिक थिए ।




