कोरोनाका बिरामीका लागि रामकृष्णले अमेरिकामा जुटाए १८ लाख



गायक रामकृष्ण ढकालले कोरोना संक्रमितको उपचारका लागि अमेरिकामा १८ लाख रुपैयाँ जुटाएका छन् । निषेधाज्ञाभन्दा अगाडि अमेरिका पुगेका उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकाल अहिले उतै छन् ।

पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको रामकृष्णले जानकारी दिएका छन् ।कोरोना संक्रमितको उपचारका लागि उनले केही दिन अगाडि अमेरिकामा बस्ने नेपालीहरुसँग सहयोगको अपिल गरेका थिए । आफूले गरेको आह्वानमा अमेरिकामा रहेका नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गरेको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आर्थिक सहयोग गर्नेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक पनि गरेका छन् । साथै, उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् । गायक ढकालले यो दुःखको घडीमा सकेको सहयोग गरेर पीडामा मलहम लगाउने अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu