म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ : नीता ढुंगाना



अभिनेत्री नीता ढुंगानाले संसार कोरोनाविरुद्ध लडिरहँदा नेपालमा कुर्सीका लागि लडाईं भएको देख्दा आफू किन नेपालमा जन्मिएको होला भन्ने लाग्न थालेको बताएकी छन् । उनले मंगलवार फेसबुकमा लेखेकी छन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’

उनले संसार कोरोनाविरुद्ध लडिरहँदा आफ्नो देशले आफूलाई झन् लात हानेको आभास भएको बताएकी छन् । यो कठिन अवस्थामा जनताको लागि गर्नुपर्ने लडाईं कुर्सीका लागि भएकोमा नीताले चिन्ता व्यक्त गरेकी छन् । उनले अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको समयमा अस्पतालमा उपचार नभएका कारण निधन भएको समेत खुलाएकी छन् ।

अभिनेत्री ढुंगानाले हरिहरका पितासँगको एक तस्विर पोस्ट गर्दै आफूले नजिकको अग्रज गुमाएकोमा दुख व्यक्त गर्दै लेखेकी छिन्, ‘समयमा नै आइसियुको व्यवस्थापन भएर अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला ।’ हरिहरका पिताको सोमवार उपचारको क्रममा निधन भएको हो । उनी २० दिनदेखि कोरोनालाई जित्न लडिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu