जीवनदेखि राजबल्लभसम्मले गरे प्राविधिकलाई सहयोग



कोरोना महामारीका कारण समस्यामा परेका नेपाली चलचित्रका प्राविधिकहरुलाई देश तथा विदेशमा बस्ने चलचित्रकर्मीहरुबाट सहयोग जुट्न थालेको छ । केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकलाई खाद्यान्न सहयोग गरेका थिए भने बुधवार अभिनेत्री सुमिना घिमिरे र उनका श्रीमानले ४० जना प्राविधिकलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरे ।

कलाकार तथा निर्माता निर्मल शर्माले पनि समस्यामा परेका प्राविधिकका लागि लक्ष्मी प्रतिष्ठानको तर्फबाट २५ हजार प्राविधिक संघलाई हस्तान्तरण गरेका छन् । संघले प्राविधिकहरुको सहयोगका लागि स्थापना गरेको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’ मा विदेशमा बस्ने चलचित्रकर्मीहरुले पनि सहयोग गरेका छन् । अमेरिकामा बस्ने चलचित्रकर्मीबाट ठूलो मात्रामा सहयोग जुटेको छ ।

अभिनेता त्रय जीवन लुईटेल, राजबल्लभ कोइराला, निरज बरालले ५१-५१ हजार विपद् व्यवस्थापन कोषमा सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । त्यस्तै, कलाकार गणेश उप्रेतीले ५० हजार, अभिनेता मुकेश आचार्यले २१ हजार, निर्माता तेजेन्द्र कँडेल, प्रोडक्सन डिजाइनर कृष्ण कोइराला र कलाकार अगराज केसीले १५-१५ हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu