अस्पताललाई मनीषाले गरिन् स्वास्थ्य सामाग्री सहयोग



अभिनेत्री मनीषा कोइरालाले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री विरगञ्जको नारायणी अस्पताललाई उपलब्ध गराएकी छन् । उनले चार थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क बिहीवार अस्पताललाई प्रदान गरेकी हुन् । यो जोखिमको समयमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

अभिनेत्री कोइराला गत वर्षको लकडाउनदेखि नेपालमै छिन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतमा उनको निकै आलोचना भएको थियो । भारतीय मिडियाले उनीमाथि तुच्छ शैलीमा गाली गलौज गरेका थिए । त्यसै बेला उनी भारतको मुम्बईबाट नेपाल आएकी थिइन् । यसपछि उनी भारत फर्किएकी छैनन् । न त बलिउड चलचित्रमा नै काम गरेकी छन् ।

सन् १९८९ मा रिलिज भएको नेपाली चलचित्र ‘फेरि भेटौंला’ बाट अभिनय करिअर सुरु गरेकी मनीषाले सन् १९९१ मा रिलिज भएको सुभाष घई निर्देशित चलचित्र ‘सौदागर’ बाट अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी थिइन् । ‘बम्बे, १९४२ : अ लव स्टोर, दिल से’ जस्ता एकसेएक उम्दा चलचित्रमा आफ्नो अभिनयको जादु छरेकी उनी ९० को दशकमा करिअरको उत्कर्षमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu