अमेरिकामा निर्माण भएको नेपाली चलचित्र ‘ओभर डोज’ को प्रिमियर भएको छ । बिहीवार अमेरिकाको टेक्सस राज्यको डलासमा चलचित्रको प्रिमियर भएको हो । प्रिमियर शोमा उल्लेख्य संख्यामा नेपाली दर्शकको उपस्थिति रहेको थियो । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित भएर निर्माण भएको चलचित्रलाई दर्शकले मन पराएका छन् ।

ड्रग्स र अपराधको कथामा निर्माण भएको चलचित्रमा प्रनिसराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ मख्य भूमिकामा छन् भने गौरव गुरुङ, स्वामी डिजे लगायत अमेरिकन कलाकारहरुले पनि अभिनय छ । नेपाली तथा अंग्रेजी भाषामा निर्माण भएको चलचित्रलाई सुमन पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि चलचित्रलाई नेपालमा रिलिज गरिने उनले बताए ।
चितवन निवासी निर्देशक पौडेल केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले चलचित्र मेकिङमा ब्याचलर सकेका छन् । दर्शकका लागि केही नयाँ उद्देश्यले चलचित्र निर्माण गरेको अभिनेता पन्त बताउँछन् । उनी अध्ययनको शिलशिलामा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसद्वारा निर्मित चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् ।




