चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभर विद्युत शुल्क छुट



शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा चलचित्र क्षेत्रका केही विषय पनि समेटिएका छन् । सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर चलचित्र क्षेत्रलाई विद्युत डिमाण्ड शुल्क शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

बजेटमा चलचित्र उद्योगमा प्रयोग हुने सबै खालको सामाग्री वा यन्त्र भन्सार समेत छुट गरिएको छ । त्यस्तै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८-७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ । महामारीका बीच घोषणा भएको बजेटमा चलचित्र क्षेत्रका केही समस्या सम्बोधन भएकोमा चलचित्रकर्मीले खुसी व्यक्त गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu