नेतालाई पढाउने तालिम केन्द्रको लागि पनि बजेट छुट्याउन वर्षाको आग्रह



शनिवार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ का बजेटको चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । बजेटमा चलचित्र क्षेत्रका पनि केही विषय समेटिएका छन् । चलचित्र उद्योगको नविकरण र इजाजत शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ भने निषेधाज्ञाभर सिनेमा घरको विद्युत डिमाण्ड शुल्कमा छुट दिइने भएको छ ।

महामारी उत्कर्षमा रहँदा सार्वजनिक भएको बजेटमा चलचित्र क्षेत्रका केही समस्या सम्बोधन भएकोमा चलचित्रकर्मीहरु उत्साहित देखिएका छन् । अभिनेत्री वर्षा सिवाकोटीले बजेट सधैं राम्रो र आनन्द लाग्ने खालको आउने गरेको भन्दै यो पटकको झन् राम्रो र कर्णप्रिय लागेको बताएकी छन् । तर, बजेट भाषण सकिएपछि एक-अर्कालाई सत्तोसराप गर्ने प्रवृति रहेको उनको भनाई छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !’ जे कुरामा पनि नेताहरुबीच हुने किचलोले जनता हैरान भएको उनको धारणा छ । वर्षाले बेला बखतमा सामाजिक सञ्जालमा समसामयीक विषयमा आफ्नो विचार राख्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu