आकाश अधिकारी भन्छन्, ‘बजेटमा चलचित्र क्षेत्रका केही माग सम्बोधन भएको छ’



शनिवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले चलचित्र क्षेत्रलाई पनि प्राथमिकतामा दिएकोमा चलचित्रकर्मीले खुसी व्यक्त गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य आकाश अधिकारीले विषम परिस्थितिमा आएको बजेटमा चलचित्र क्षेत्रका केही विषय समेटिनु सकारात्मक रहेको बताएका छन् ।

बजेटबारे टिप्पणी गर्दै उनले भनेका छन्, ‘कोरोनाले नेपाललाई जुन प्रकारले असर गरेको छ, त्यसकारण राज्यले यो पटकको बजेटमा स्वास्थ्यलाई ध्यान दिएको देखिन्छ । त्यतातिर बढी बजेट विनियोजन गरिएको छ । त्यो स्वभाविक पनि हो । यस्तो परिस्थितिमा सार्वजनिक भएको बजेटमा चलचित्र क्षेत्रलाई पनि समेट्नु राम्रो कुरा हो । यसपटकको बजेटमा चलचित्र क्षेत्रले जति पायो, त्यो स्वागतयोग्य छ ।’

चलचित्र निर्माणका लागि चाहिने उपकरणहरुमा भन्सार छुट हुनुपर्छ भनेर आफूले सरोकारवाला निकायसँग पटक-पटक आग्रह गरेको बताउँदै उनले यो कुरा पनि बजेटमा सम्बोधन भएकोमा खुसी व्यक्त गरे । सिनेका हलको विद्युत डिमाण्ड शुल्क मिनाह र चलचित्र उद्योगले तिर्दै आएको आयकर अब एक प्रतिशत मात्र तिर्नुपर्ने सरकारको घोषणालाई पनि उनले स्वागत गरेका छन् ।

उनी अगाडि भन्छन्, ‘चलचित्र क्षेत्रसहित कोरोना प्रभावित अन्य क्षेत्रलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । चलचित्र विकास बोर्डले लिएर गएको स्टोरी बैंकको अवधारणा पनि बजेटमा समेटिएको छ । सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्न र काभ्रेमा फिल्म सिटीका लागि पनि बजेटमा छुट्याइएको छ । यो पनि राम्रो कुरा हो । अब यसलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्छ ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu