राजको मुस्कान वर्षाका लागि खतरनाक



अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल प्रेम सम्बन्धमा रहेको चर्चाले चलचित्र क्षेत्र राम्रै तातेको छ । गत वर्ष उनीहरुले एकसाथ फागू मनाएपछि बजारमा चर्चा सम्बन्धको चर्चा चल्न थालेको हो । तर, उनीहरुले प्रेम सम्बन्ध स्वीकार गरेका छैनन् । यो जोडीले एकअर्कालाई असल साथी भनेका छन् । चलचित्र क्षेत्रमा भने उनीहरु विवाहको तयारीमा समेत रहेको चर्चा छ ।

वर्षालाई राजको हाँसीरहने बानी औधी मनपर्छ । उनले बिहीवार राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टाग्राम स्टोरीमा पोस्ट्याउँदै उसको हाँसो खतरनाक र ज्यानमारा रहेको बताएकी छन् । उनले स्टोरीमा लेखेकी छन्, ‘मुस्कान सधैं खतरनाक हुन्छ, केही दिललाई घायल बनाउँछ ।’ राजले आफूलाई सधैं खुसी दिने कोशिश गरेको पनि उनले उल्लेख गरेकी छन् ।

राजका लागि वर्षाले खर्चिएका प्रेमिल शब्दले उनीहरुबीचको प्रेम कति गहिरो छ भन्ने प्रस्ट्याउँछ । तर, नेपाली कलाकारहरु प्रेम सम्बन्ध लुकाउन र मित्रताको नाम दिन निकै सिपालु भएकाले वर्षा र राजले पनि खुलेर माया व्यक्त गर्न सकेका छैनन् । निषेधाज्ञाका कारण भेट्न नपाएका उनीहरुले च्याट वा भिडियो कलको माध्यमबाट एकअर्काको न्यास्रो मेटाउँदै आएका छन् ।

अमेरिकामा बस्ने सविन जंग थापासँग ब्रेकअप भएपछि वर्षाको हिमचिम अभिनेत्री पूजा शर्मासँग बढेको थियो । राज पनि पूजाका मिल्ने साथी भएकाले वर्षाको उनीसँग प्रायः भेट भइरहन्थ्यो । यसैक्रममा उनीहरुबीच प्रेमको पालुवा पलायो । केही महिना अगाडि राजले सोरुमबाट नयाँ गाडी निकाल्दा समेत वर्षा पुगेकी थिइन् । राज चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu