प्राविधिकहरुलाई निकिता र रविको खाद्यान्न सहयोग



निषेधाज्ञाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि देश तथा विदेशमा बस्ने चलचित्रकर्मीहरुले सहयोग गर्न थालेका छन् । कसैले चलचित्र प्राविधिक संघसँग सहकार्य गरेर प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् भने कसैले नगद सहयोग गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले प्राविधिकहरुलाई सहयोग गर्ने उद्देश्यले अभियान नै सुरु गरेकी छन् ।

यसैक्रममा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिन् । उनले प्राविधिकहरुलाई सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।

प्राविधिकहरुलाई खाद्यान्नसँगै आर्थिक आर्थिक सहयोग गर्ने चलचित्रकर्मीको संख्या पनि बढ्दो छ । हालै कलाकार रुपा राणाले ३० हजार, अभिनेता रमेश उप्रेतीले २५ हजार, अभिनेत्री जेविका कार्कीले १५ हजार सहयोग गरेका छन् । त्यस्तै, अमेरिकामा बस्ने जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बराल, गणेश उप्रेती, मुकेश आचार्य लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu