बोर्डद्वारा तीन हजार चलचित्रकर्मीलाई खोप माग



चलचित्र विकास बोर्डले तीन हजार चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप माग गरेको छ । बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक तथा बोर्ड सदस्य राज कटुवालले खोपको माग गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयलाई पत्र बुझाएका हुन् । चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन मन्त्रालय सकारात्मक देखिएको उनले बताए । बोर्डको यो प्रयासलाई चलचित्रकर्मीले स्वागत गरेका छन् ।

खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालय बोलाएका थिए । तर, शुक्रवार साँझ मन्त्रीपरिषद् फेरबदल भएपछि स्वास्थ्य मन्त्रालयमा शेरबहादुर तामाङ आएका छन् । स्वास्थ्य मन्त्रालयमा मन्त्री हेरफेर भएपछि चलचित्रकर्मीले खोप पाउनेमा आशंका उब्जिएको छ । बोर्ड मन्त्री तामाङलाई पनि भेटेर खोपका लागि पहल गर्ने तयारीमा छ ।

कोरोनाको दोस्रो लहरको चपेटामा सर्वसाधारणसँगै चलचित्रकर्मीहरु पनि परेका छन् । तर, एकाधबाहेक चलचित्रकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । चलचित्र विकास बोर्डका अध्यक्ष दायाराम दाहालले चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्न सके स्थिति सामान्य भएपछि स्वास्थ्य मापदण्डको पालना गर्दै चलचित्रको सुटिङ सुरु गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu