फेरि ‘इकुपिताङ’ ल्याउँदै ‘इकु’



बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृंखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् । ‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ ले श्रृंखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफैं देखिनेछन् ।

श्रृंखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ । योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृंखलामा समेटिएको छ ।

ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’ पछि सुलेमानले ‘इकु’ लाई चलचित्रमा प्रस्तुत गर्दा समेत दर्शकले मन पराएका थिए । दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाख्दा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको छ ।’

पहिले झै जंगली पात्रको रुपमा ‘इकु’ लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेकोछ । राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताए । श्रृंखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आर्कषक छ । ‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर, अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे, ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu