करिश्मा भन्छिन्, ‘नयाँ पुस्तामा पल अरुभन्दा फरक’



कोरोना महामारीको समयमा अभिनेता पल शाहले गरेको सामाजिक कार्यको अभिनेत्री करिश्मा मानन्धरले प्रशंसा गरेकी छन् । शनिवार प्राविधिकहरुलाई राहत बाँड्ने क्रममा उनले नयाँ पुस्तामा पल अरुभन्दा फरक लागेको बताइन् । उनी भन्छिन्, ‘म मेरो छोरीसँग कम्पियर गरेर भन्छु कि उनले पनि यस्तो गर्दिए हुन्थ्यो । पलले अरुको दुःख महशुस गरेको छ । त्यस्तो मन महान हुन्छ ।’

पलले हरेक पक्षलाई विचार गर्ने बानी आफूलाई मनपर्ने उनको भनाई छ । उनी अगाडि भन्छिन्, ‘अहिलेका स्टारले गीतमा काम गर्दिनँ भनेर भन्छन् । तर, जे सकिन्छ त्यो गर्नुपर्छ । अहिले हामी जुन फर्म्याटले चलचित्र खिच्छौं म्यूजिक भिडियो पनि त्यसरी नै खिच्ने हो । हिरो त ऊ हिरो नै हो नी । पल त झन् अहिले दुई किसिमको हिरो भइसकेको छ । सिनेमा र रियल लाइफ दुवैको हिरो ।’

पलसँग दुईवटा म्यूजिक भिडियोमा काम गरिसकेकी करिश्माले उनी अभिनीत चलचित्र भने हेर्न पाएकी छैनन् । तर, भिडियोमा काम गर्ने क्रममा पललाई नजिकबाट चिन्न पाएको उनी बताउँछिन् । त्यस्तै, अभिनेता पल शाहले राजेश हमाल र करिश्मा मानन्धर आफ्नो मनपर्ने अभिनेता-अभिनेत्री रहेको र म्यूजिक भिडियोमा एकसाथ काम गर्न पाउँदा एकदमै खुसी भएको बताएका छन् ।

‘प्रायः चलचित्रमा राजेश सर र करिश्मा म्यामको जोडी हुन्थ्यो । उहाँहरु रियल लाइफमा पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । चलचित्र ‘ढुकढुकी’ को ‘यो ढुकढुकीको चाल यस्तै हो’ गीतमा डान्सरहरुले राजेश सर र करिश्मा म्यामलाई तानेर छुट्याउँदा मलाई एकदमै नरमाइलो लागेको थियो । बच्चैदेखि स्क्रिनमा हेरेको मान्छे सामुन्ने भेट्दा भगवान नै भेटे जस्तो लाग्ने रहेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu