चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक



नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले एक साताभित्र चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र बोर्ड सदस्य राज कटुवालले खोप उपलब्ध गराउन माग गरेपछि स्वास्थ्यमन्त्रीले एक हप्ताभित्र नयाँ खोप आउने र त्यो खोप उपलब्ध गराउने बताएका हुन् ।

चलचित्रकर्मीलाई कोभिड खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री सकारात्मक रहेको बताउँदै बोर्ड सदस्य कटुवालले भने- ‘बोर्डले तीन हजार खोप माग गरेको हो । त्यसमा थपघट हुनसक्छ । एक हप्ताभित्र चलचित्रकर्मीले कोभिड खोप पाउनेमा बोर्ड पूर्ण विश्वस्त छ ।’ कोरोनाले सबैभन्दा प्रभावित चलचित्र क्षेत्र भएकाले सरकारले खोपको प्राथमिकतामा चलचित्रकर्मीलाई पनि राख्नुपर्ने उनको भनाई छ ।

बोर्डको कोभिड १९ व्यवस्थापन संयोजक समेत रहेका राज भन्छन्, ‘चलचित्रकर्मी सुरक्षित भएपछि चलचित्रका गतिविधि सुचारु हुने हुन् । यसका लागि खोप लगाउन आवश्यक छ । खोप लगाएपछि चलचित्र सम्बन्धि गतिविधि पनि सुरु हुनेछ । त्यसैले चलचित्रकर्मीहरुलाई खोप उपलब्ध गराउन बोर्डले पहल गरेको हुँ । स्वास्थ्यमन्त्री चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सकारात्मक हुनुहुन्छ ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu