बलिउडमा काम गर्ने इच्छा छ : प्रकृति श्रेष्ठ



अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूलाई बलिउडमा काम गर्ने इच्छा रहेको बताएकी छन् । आइतवार इन्स्टामा एक प्रशंसकले बलिउडमा काम गर्ने चाहनाबारे सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र रहनेछ ।’ एक प्रशंसकले मनपर्ने चलचित्रको बारेमा सोधेको प्रश्नमा उनले ‘दर्पण छायाँ र कल हो ना हो’ आफ्नो ‘फेभरेट’ भनेकी छन् ।

विक्रान्त मेस्सी र विक्की कौशल उनका मनपर्ने कलाकार रहेछन् । कुनै समय विक्की आफ्नो ‘क्रश’ समेत रहेको उनले बताएकी छन् । उनी भन्छिन्, ‘अहिले त कोही ‘क्रश’ छैन । तर, पहिला विक्की कौशल थिए ।’ एक प्रशंसकले बलिउड चलचित्र ‘देवदास’ मा पारो र चन्द्रमुखीमध्ये एउटा भूमिका निभाउने अवसर पाए कुन छान्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा प्रकृतिले ‘पारो’ भनेकी छन् ।

त्यस्तै, अर्का एक प्रशंसकले उनलाई इन्स्टाग्राममा सोधेका छन्, ‘के तपाईंलाई अभिनेत्री हुन मनपर्छ ?’ जवाफमा प्रकृतिले लेखेकी छन्, ‘मलाई लाग्छ यो मात्र एउटा चीज हो, जुन म मन पराउँछु र रमाउँछु । मलाई अभिनेत्री हुनुमा गर्व छ ।’ उनलाई एक प्रशंसकले बच्चाको तयारीबारे पनि सोधेका छन् । उनले सही समय आएपछि बच्चाको तयारी गर्ने बताएकी छन् ।

चलचित्र ‘होस्टेल’ बाट प्रकृतिले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, विवाहपछि अभिनयबाट टाढा रहेकी उनले ६ वर्षपछि चलचित्रमा कमब्याक गरेकी छन् । निषेधाज्ञा हुनुभन्दा अगाडि उनले चलचित्र ‘बिहे पास’ को छायांकन सकाएकी हुन् । चलचित्रमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । चलचित्रमा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu