कोरोना संक्रमण रोकथामका कारण निषेधाज्ञा जारी भएपछि कलाकारहरु फुर्सदिला भएका छन् । यो समयमा कति कलाकारले पुस्तक पढेर र चलचित्र हेरेर समय बेथित गरिरहेका छन् भने कसैले तौल घटाएर आफूलाई फिट बनाएका छन् । अभिनेत्री वर्षा सिवाकोटी पनि निषेधाज्ञामा आफ्नो तौल घटाउन पसिना बगाइरहेकी छन् । घरमै व्यायम गरेर उनी आफ्नो तौल घटाउन प्रयासरत छिन् ।

सोमवार सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक स्टोरीमा व्यायम गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै वर्षाले एक हप्तामा २ केजी घटाउन सफल भएको बताएकी छन् । तस्विरमा उनी निकै स्लिम र फिट देखिएकी छन् । उनी अझै ६ केजी घटाउन लागिपरेकी छन् । उनले आफ्नो तौल घटाउन मैतिदेवीस्थित एफडिएच क्लिनिकका डा. दिलजन मन्सुर (कर्ट) सँग पनि सल्लाह लिइरहेको बुझिएको छ ।

कोरोना महामारीभन्दा अगाडि वर्षालाई चलचित्र र म्यूजिक भिडियोमा भ्याइनभ्याइ थियो । लकडाउन खुल्ने वितिक्कै चलचित्र ‘परदेशी २’ को छायांकन सकाएकी उनले निषेधाज्ञाभन्दा अगाडि ‘ए साथी सुन’ को छायांकन पूरा गरेकी थिइन् । उनी अभिनीत ‘लक्का जवान, परदेशी २, मनसँग मन’ चलचित्र प्रदर्शनको पखाईमा छन् भने केही चलचित्र पाइपलाइनमा रहेका छन् ।




