मोडल निशालाई आँचलले एक लाख सहयोग गर्ने



बिहीवारदेखि थापाथलीमा रहेको इन्टरनेशनल नर्भिक अस्पतालमा उपचारार्थ अभिनेत्री तथा मोडल निशा घिमिरेलाई देश तथा विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ । आइतवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले उनलाई ५१ हजार प्रदान गरेको छ भने करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेल लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।

यसैक्रममा, अभिनेत्री आँचल शर्माले निशालाई एक लाख सहयोग गर्ने भएकी छन् । आइतवार उनलाई भेट्न अस्पताल पुगेकी आँचलले आउँदो शनिवार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । उनले निशालाई भेट्दा आफू भावुक भएको बताएकी छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको समयमा सवारी दुर्घटनामा परेर ब्रेन इञ्जुरी भएकी निशाको बिहीवारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् । निशाले नेपाली चलचित्र ‘मधेशीपुत्र २’ सँगै केही टेलिसिरियल र म्यूजिक भिडियोमा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu