छायाँकार राम शंकर प्रधानको निधन



बरिष्ठ छायाँकार राम शंकर प्रधानको निधन भएको छ । ७२ वर्षिय उनको आइतवार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानको सोमवार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

उनले ‘पर्खि बसेँ, सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो, रगत, अजम्बरी नाता’ लगायत तीन दर्जन बढी नेपाली चलचित्रको छायांकन गरेका छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu