अनलाइनबाट गायन तथा नृत्य प्रतियोगिता गर्दै इनास



स्वर्गीय सन्त कुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले दोश्रो ‘इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ । इनास युरोपका संयोजक समेत रहेका स्वर्गीय थापाको सम्झनामा भर्चुअल माध्यमबाट प्रतियोगिता हुन लागेको हो ।

डेनमार्क निवासी थापाको डेढ महिना अघाडी ब्लड क्यान्सरका कारण ४१ बर्षको उमेरमानै निधन भएको थियो । कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त कुमार युरोप आएपछि पनि कलाकारिता क्षेत्रमा नै सक्रिय थिए । उनी (इनास) डेनमार्कका संस्थापक अध्यक्ष हुँदै युरोपका संयोजक बनेका थिए । उनी इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजक समेत बनेका थिए ।

कोरोनाको महामारीको कहर अझै नसकिएकाले अनलाईनमार्फत नै प्रतियोगिता गरिने इनासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु सार्वजनिक भईसकेकाले कलाकारहरुलाई प्रतियोगतामा सहभागी बन्न इनासले आग्रह गरेको छ ।

प्रतियोगितामा दुवै विधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले विज्ञप्तिमार्फत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu