यूवा संघको आयोजनामा लघु चलचित्र प्रतियोगीता



नेकपा एमालेको भातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुका लागि यो प्रतियोगीताले समयको सदुपयोग गर्ने आयोजकले विश्वास लिएको छ ।

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्नेछ ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तीमा यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुट र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको भन्दै नेपाली जोकोहीले पनि सहभागीता जनाउने सक्ने उल्लेख छ ।

असार २५ गतेसम्म ‘म केही गर्छु’ बिषयमा केन्द्रित रहेर स्क्रिप्ट वुझाउनुपर्नेछ । स्क्रिप्टलाई विज्ञ समुहले सुझाव दिनेछ । यसपछि बनेका चलचित्रमध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने यूवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu