वर्षाले सुरु गरिन् ‘मेलम्ची राहत अभियान’



सिन्धुपाल्चोकको मेलम्चीमा गएको भीषण बाढी पहिरोबाट प्रभावितहरुका लागि नेपाली कलाकारहरुले राहत वितरण कार्यलाई तिव्र बनाएका छन् । नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् । त्यस्तै, शनिवार निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का पनि मेलम्ची पुगेर राहत वितरण गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले भने सिन्धुपाल्चोकका बाढी पीडितलाई आवश्यक पर्ने राहत समाग्री उपलब्ध गराउन सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी छन् । उनले चलाएको ‘मेलम्ची राहत अभियान’ मा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । उनले चाँडै दाताहरुको नाम सार्वजनिक गर्ने बताएकी छन् । सबै विवरण पारदर्शी राख्ने उनको प्रतिबद्धता छ ।

‘बाढी पहिरोले धेरै घर परिवारको क्षति पुर्‍याएको अवस्थामा हामी एक जिम्मेवार नागरिक भएको हिसाबले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्दछ । यही कुरालाई ध्यानमा राखेर मैले पनि एउटा सानो इनिसेसन लिएको छु,’ उनले एक भिडियो जारी गर्दै भनेकी छन् । वर्षाको अभियानमा सहयोग गर्न चाहनका लागि प्रभु बैंकमा रहेको केवी फाउन्डेसनको खाता नम्बर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu