फ्रन्टलाइनमा काम गर्नेलाई अनमोलले बनाए खाना



निषेधाज्ञाभन्दा हुनुभन्दा एक हप्ता अगाडि मात्र अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन सकाए । यसलगत्तै उनी चलचित्र ‘माइतीघर २’ को तयारीमा जुटेका थिए । तर, कोरोनाको दोस्रो महामारी सुरु भएपछि चलचित्र फ्लोरमा जान सकेन । यो चलचित्रका निर्देशक सुवोध चोपडाको कोरोनाका कारण निधन भएपछि ‘माइतीघर २’ बन्नेमै शंका उब्जिएको छ ।

कोरोना महामारीको समयमा धेरै कलाकार अक्सिजन जुटाउनदेखि भोकाहरुलाई खाना बाँड्न अग्रसर हुँदा अनमोल भने घरमै सीमित भए । अहिले देशका धेरै ठाउँमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । सयौं मानिस बेघर भएका छन् । यो समयमा पनि अन्य कलाकारहरु बाढी पीडितलाई सहयोग जुटाउन खट्दा अनमोल भने मौनता साँधेर बसेका छन् ।

चलचित्र रिलिज हुने समयमा दर्शकलाई ‘भगवान’ को दर्जा दिने अनमोलले आज तिनै दर्शक कोरोना र बाढी-पहिरोले समस्यामा पर्दा कुनै प्रकारको सहयोग नगरेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ । यस्तैमा उनले सोमवार निर्जला एकादशीका दिन स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा रहेर काम गर्नेलाई खाना बनाउँदै गरेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट्याएका छन् ।

भगवान कृष्णका भक्त रहेका अनमोल बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिरमा पूजाआजाका लागि पुगिरहेका हुन्छन् । निर्जला एकादशीका दिन त्यहाँ विशेष पूजा राखिएको थियो । त्यसमा अनमोल पनि सहभागी भए । त्यसपछि उनले बुढानिलकण्ठमा रहेको परोपकारी संस्था ‘फूड फर लाइफ नेपाल’ को भान्सामै गएर स्वास्थ्यकर्मीसँगै अन्य फ्रन्टलाइन वर्करका लागि खाना बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu