निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुख, ह्वीलचेयरमा बस्न थालिन्



नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारार्थ अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न डा. पंकज जलानले निशाको स्वास्थ्यमा सुधार आइरहेको बताए । चिकित्सकले ह्विलचेयर र म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेका छन् । उनले केही दिनदेखि बोल्ने कोशिश समेत गरिरहेको डा. जलानले बताए ।

भोक लाग्दा निशाले संकेत दिन थालेको र आफूहरुले बोलेका कुरा बुझेजस्तो गरी शरीर, अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिने गरेको उनी बताउँछन् । ब्रेन निकै ड्यामेज भइसकेका कारण निशा पहिलेको जस्तै सामान्य अवस्थामा फर्किने सम्भावना भने न्यून रहेको उनको भनाई छ । मंगलवारबाट नर्भिकका चिकित्सकले उनलाई ह्वीलचेयरमा बसाउन समेत सुरु गरेका छन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भन्दै निशा भारत गएकी थिइन् । त्यहाँ भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनलाई परिवारले नेपाल ल्यायो । उपचार अभावले हाडछाला मात्र बाँकी रहेकी उनलाई नर्भिक अस्पतालले उद्धार गरेर निःशुल्क उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu