बाढी पीडितलाई राहत बाँड्न हिँडेरै हिले पुगिन् श्रद्धा



बर्खायाम सुरु भएसँगै विभिन्न ठाउँमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । यो समयमा बाढी पीडितलाई सहयोग गर्न कलाकारहरु अगाडि सरेका छन् । यस्तैमा अभिनेत्री श्रद्धा क्षेत्री बाढी पीडितलाई सहयोग गर्न हिँडेर लमजुङको दोर्दी पुगेकी छन् । दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई उनले व्यक्तिगत रूपमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी हुन् ।

कठिन बाटोका कारण प्रायः सहयोग दाताहरुले लमजुङको बेशीसहर तथा भोटेओडारसम्म पुगेर सहयोग दिने गरेका थिए । श्रद्धासहितको टोलीले भने हिँडेरै बाढी पीडितलाई राखिएको अस्थायी बस्तीमा पुगेर सहयोग हस्तान्तरण गर्‍यो । उनीहरुलाई दोर्दी गाउँपालिकाका प्रमुख ओम बहादुर गुरुङले स्वागत गर्दै बाढी पीडितको पीडामा मल्हम लगाएकोमा धन्यवाद व्यक्त गरे ।

अभिनेत्री क्षेत्रीले लमजुङका बाढी पीडितको अवस्थाले आफू दुःखी भएको बताइन् । आफूहरुको सानो सहयोगले पीडितको मुहारमा खुसी देख्दा आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनले अहिलेसम्म दुई चलचित्र ‘कृष्ण लीला र हृदयभरी’ मा काम गरेकी छिन् । ‘कृष्ण लीला’ को रिलिज कोरोनाका कारण अड्किएको छ भने ‘हृदयभरी’ निर्माणकै क्रममा रोकिएको धेरै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu