हेलम्बुका बाढी पीडितलाई श्वेताले वितरण गरिन् ग्यासदेखि चामलसम्म



सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गर्न सामाजिक सञ्जालमा अभियान नै चलाएकी अभिनेत्री श्वेता खड्काले गएको शुक्रवार पहिलो चरणको राहत वितरण गरिन् । उनले टिप्पर र हेलिकप्टरको सहयोगमा बाढी पीडितलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा पुर्‍याएकी थिइन् । उनले सहयोगको अपिल गरेपछि देश तथा विदेशबाट ठूलो मात्रामा आर्थिक संकलन भएको छ ।

श्वेताले फेसबुक अभियानबाट जुटेको आर्थिक सहयोगले दोस्रो चरणको राहत पनि वितरण गरेकी छन् । बिहीवार सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई उनले राहत बाँडेकी हुन् । बाढी र पहिरोले हेलम्बुसँग जोडिने सडक सञ्जाल टुटेपछि त्यस क्षेत्रका बाढी पीडितले सहयोग पाउन सकेका थिएनन् । यातायातको केही सहजतापछि श्वेताले टिप्परमार्फत् हेलम्बुमा राहत सामाग्री पुर्‍याएकी हुन् ।

उनले ५० जना सुत्केरी महिलालाई विशेष राहत प्याकेज, २ सय परिवारलाई खाना पकाउने ग्यास, चुल्हो, सिलिन्डर र खाद्यान्न सहयोग गरेको बताएकी छन् । उनले फेसबुकमा राहत वितरणका तस्विर तथा भिडियो शेयर गर्दै हेलम्बुका बाढी पीडितको कुरा सुन्दा आफ्नो आँशु नथामिएको उल्लेख गरेकी छन् । राहत वितरणमा उनलाई श्रीमान विजयन्द्र सिंह रावतले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu