राजेश, करिश्मा र सरोजबीच किन बोलचाल हुन छाड्यो ?



राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर समकालीन कलाकार हुन् । केही चलचित्रमा एकसाथ काम गरेका उनीहरुबीच व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध छ । कुनै समय व्यस्तताका बावजूद उनीहरु समय निकालेर भेटिरहन्थे । तर, केही वर्षदेखि उनीहरुबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको छ । यो कुरा सरोज खनाल स्वयंले फेसबुकमार्फत् खुलाएका हुन् ।

उनले फेसबुकमा राजेश र करिश्मासँगको एक पुरानो तस्विर शेयर गर्दै लेखेका छन्, ‘कुनै बेला हामी तीन महानायक राजेश हमाल जी, महानायिका करिश्मा मानन्धर जी र म चलचित्रको छायांकनमा व्यस्तताको बावजूद बेलाबखत समय निकालेर भेटघाट गर्थ्यौं, भलाकुसारी गर्थ्यौं । तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जाओस् बोलचालसम्म हुँदैन ।’

आफूहरुबीचको बोलचाल र भेटघाट अरुले जस्तै फेसबुकमा शेयर गरेका फोटोमा लाइक र कमेन्ट गर्दैमा सीमित भएको उल्लेख गर्दै खनालले यस्तो किन हुन्छ ? भनेर प्रश्न गरेका छन् । उनको स्टाटसमा करिश्माले कमेन्ट गर्दै ‘सही कुरा’ भनेकी छन् । राजेश हमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । धेरैले सामाजिक सञ्जालका कारण दूरी बढेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu