सिन्धुपाल्चोकका बालबालिकाको भविष्य सुरक्षित बनाउने योजनामा जुटिन् वर्षा



सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग गर्न ‘मेलम्ची राहत अभियान’ सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटीले यो अभियानलाई विश्वास गरेर देश र विदेशबाट धेरैले सहयोग गरेको बताएकी छन् । त्यसलाई पारदर्शी ढंगले सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाई छ । सहयोगी दाताहरुको नाम चाँडै सार्वजनिक गर्ने र सबै विवरण पारदर्शी राख्ने उनको प्रतिबद्धता छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तिको असर त्यो क्षेत्रले अबको एक दशकसम्म भोग्ने निश्चित जस्तै छ । एउटा कलाकार हुनुको नाताले मैले पनि त्यहाँ केही गर्न सकिन्छ कि भनेर अग्रसरता देखाएकी छु । स्वच्छ मानविय भावनाको हिसाबले सिन्धुबासीको पीडामा मल्हम लगाउन मेरो अभियान सुरु भएको हो ।’

सिन्धुपाल्चोकका बालबालिकाको भविष्य सुरक्षित बनाउन आफू केही योजनामा जुटेको पनि उनले बताएकी छन् । वर्षा अगाडि लेख्छिन्, ‘अहिले सिन्धुपाल्चोकका धेरै बालबालिकाको शैक्षिक सत्र विथोलिएको अवस्था छ । धेरै बालबालिका कोभिड र त्यसपछि प्राकृतिक विपत्तिका कारण अध्ययनबाट विमुख भएका छन् । उनीहरुको भविष्य सुरक्षित बनाउन म केही योजनामा जुटेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu