अभिनेता पल शाहलाई रियल हिरो सम्मान



अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए ।

सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरुको पहलमा जुटेको थियो ।

निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पुर्‍याई उपचारको लागि पहल गरेका थिए ।

टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म ४ सय बढि कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu