‘आँधी तुफान २’ को छायांकन सुरु गर्ने तयारी



निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडि चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, दोस्रो चरणको महामारी न्यूनिकरणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकियो । अब भने एक हप्ताभित्र चलचित्रको छायांकन पुनः सुरु गरिने निर्माता मौनता श्रेष्ठले बताएका छन् । असार २५ गतेभित्र छायांकन थाल्ने उनको तयारी छ ।

हाल धुलिखेलमा रहेका उनले भने, ‘आइतवार म राजधानी फर्किँदैछु । २० गते चलचित्रको सम्पूर्ण टिमबीच छलफल हुनेछ । संक्रमण र मौसमले गर्दा अब आउटडोरभन्दा इन्डोर सिन बढी राखेर छायांकन गर्नेछौं । तर, अरु कुनै कुरामा कम्प्रमाइज गरिने छैन । कथामा पनि परिवर्तन हुँदैन ।’ कोरोना संक्रमणलाई मध्यनजर गर्दै सानो टिम लिएर छायांकन सुरु गरिने उनको भनाई छ ।

भदौसम्ममा छायांकन सक्ने उनको योजना छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि छायांकन सुरु गर्न लागेको उनी बताउँछन् । ‘देशको राजनीतिक अवस्था यस्तो छ । कहिले के हुन्छ थाहा हुन्न । अनि कहिलेसम्म चलचित्र थन्काएर राख्ने ? चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि कोही न कोही त अगाडि सर्नै पर्छ । त्यसैले सावधानी अपनाएर छायांकन थाल्न लागेका हौं,’ उनले भने ।

मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी लगायत मुख्य भूमिकामा छन् । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu