डबिङमा ‘तिम्रो मेरो साथ’



सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै बुधवारबाट चलचित्र ‘तिम्रो मेरो साथ’ को डबिङ सुरु भएको छ । निषेधाज्ञाभन्दा अगाडि चलचित्रको सम्पूर्ण छायांकन सकिएको थियो । कोरोनाको दोस्रो चरणको महामारी सुरु भएपछि चलचित्रको पोष्ट प्रोडक्सनको काम सुरु हुन पाएको थिएन । संक्रमण दर घटेको भन्दै सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि चलचित्रको डबिङ सुरु भएको हो ।

बुधवारदेखि चलचित्रका मुख्य कलाकारहरु पुष्प खड्का, साम्राज्ञी आरएल शाह र सन्दिप क्षेत्रीले आफ्नो भागको डबिङ सुरु गरेको निर्देशक तथा निर्माता रमेश एमके पौडेलले जानकारी दिए । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रको रेड स्टूडियोमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ । भदौसम्म चलचित्रलाई प्रदर्शनका लागि तयार गर्ने योजनामा निर्माण टिम छ ।

चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्देशक पौडेलले बताए । नेपालमा भने दशैं र तिहारको बीचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको यो लभस्टोरी ड्रामाका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

चलचित्रमा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । सविर श्रेष्ठको कथा र योगेश काजीको संगीत रहेको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । यसअघि पुष्प र साम्राज्ञीले चलचित्र ‘मारुनी’ मा एकसाथ काम गरेका थिए । जसमा उनीहरुको केमेस्ट्री निकै रुचाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu