रौनकसँग सुपुष्पाले कसिन् लगनगाँठो



अभिनेत्री सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा अग्नीलाई साक्षी राखेर उनीहरुले एकसाथ जीवन विताउने प्रण गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही चलचित्रकर्मी पनि सहभागी भएका थिए ।

सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । रौनक निर्माता समेत हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ चलचित्रको निर्माण गरेका छन् । सुपुष्पाले भने चलचित्र ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो चलचित्र बक्सअफिसमा असफल भए पनि उनको अभिनय रुचाइएको थियो ।

चलचित्र ‘छ माया छपक्कै’ मा पनि काम गरेकी उनले कोरोना महामारीभन्दा अगाडि चलचित्र ‘चपली हाइट ३’ को छायांकन सकाएकी थिइन् । अहिले उनको नेपाली चलचित्रमा राम्रो माग छ । रौनक भने पछिल्लो समय चलचित्र निर्माणभन्दा आफ्नो अन्य व्यवसायमा व्यस्त छन् । सुपुष्पा र रौनकलाई सामाजिक सञ्जालमार्फत् बैबाहिक जीवनको शुभकामना दिनेको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu