चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेकी अभिनेत्री अदिती बुढाथोकीलाई केही वर्षदेखि बिहेको प्रश्नले हैरान बनाइरहेको छ । विवाहका लागि परिवारबाट दबाब नभए पनि मिडियाकर्मी र फ्यानले उनलाई हरेक भेटमा बिहेको प्रश्न गरेकै हुन्छन् । हालै एक भारतीय प्रशंसकले उनलाई इन्स्टामा आप शादी कब करोगे ? भनेर सोधेका छन् । जवाफमा उनले लेखेकी छन्, ‘अरे यार बस करो, नहीं कर्नी सादी ।’

त्यस्तै, अर्का फ्यानले उनीसँग लभ एडभाइस मागेका छन् । जसको जवाफ दिँदै उनले लेखेकी छन्, ‘प्रेममा हुनु सबैभन्दा मायालु महशुस हो । आफूसँग कोही हुनु, राम्रो कुरा हो । तर, विशेष व्यक्तिलाई प्रेम र प्रशंसा गर्ने कोशिशमा तपाईं आफ्नो स्वाभिमान नगुमाउनुस् । पहिला आफूलाई प्रेम गर्नुस् ।’ उनी पनि केही समयदेखि भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ ।
अदितीले चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यसपछि लामो समय मुम्बईमा बसेकी उनी चार वर्षपछि चलचित्र ‘बाबरी’ बाट अभिनयमा कमब्याक गर्दैछिन् । चलचित्रमा उनले अभिनेता धिरज मगरसँग स्क्रिन शेयर गरेकी हुन् । चलचित्रको पहिलो चरणको छायांकन पूरा भइसकेको छ भने दोस्रो चरणको छायांकन स्थिति सामान्य भएपछि सिक्किमबाट सुरु हुनेछ ।




