ठुलोपर्दा समाचारदाता, काठमाडौं।
विभिन्न स्टेज कार्यक्रममा आफ्नो गीतहरु प्रस्तुत गरेर चर्चा कमाएकी गायिका सरिता भारतीले आफ्नो स्वरमा नयाँ गीतको रकेर्ड गराएकी छिन् । यस अघि उनले अरुको कभर सङ गाउँदै आएकी थिईन् । उनको गायकी कलाबाट प्रभावित भएका दर्शकहरुले सरितालाई नयाँ गीत ल्याउन सुझाब दिँदै आएका थिए ।
सांस्कृतिक संस्थान नाचघरबाट संगीत सम्बन्धि डिप्लोमा हाँसिल गरेपछि सरिता कलाकारको रुपमा सो संस्थानमा आबद्ध भईन् । उनले त्यहाँ एक वर्ष गायिकाको रुपमा करारमा काम पनि गरिन् । त्यसपछि केही दोहोरी साँझमा गीत समेत प्रस्तुत गरेकी उनले दोहोरी गायनबाट आफुलाई चर्चामा ल्याएकी हुन् ।
विभिन्न मेला महोत्सबका स्टेज कार्यक्रममा समेत गीत प्रस्तुत गरेर उनले पहिलो पटक लोक पप गीत रेकर्ड गराएकी छिन् । उनले यो गीत दुई दिन अघि काठमाडौंको पुतलीसडक स्थित आर्टोम्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गराएकी हुन् ।
मेरो जवानी शिर्षको यो गीत अब उनले तिहार पछि मँसिरमा दर्शकमाझ ल्याउने भएकी छिन् । यो गीतलाई डब्बु क्षत्रीले लेखेका हुन् । जसमा संगीत तथा संगीत संयोजन जुगल डँगोलको रहेको छ । गीत मेरो जवानीको सिँगल ट्रयाक एल्बमलाई बिलक्षण क्रियसनले बजारमा ल्याउने भएको छ ।
पालुङटार नगरपालिका १० मिरकोट निवासी सरिता आफ्नो गीत रेकर्ड नगर्दै अहिले अरुकै गीत गाएर चर्चामा छिन् । स्टेजमा जो कोहीको गीत समेत प्रस्तुत गर्न सक्ने खुबी भएकी सरिता नयाँ पुस्ताकी लोकप्रिय र महँगी गायिकामा पर्छिन । अरुकै गीत गाएर महँगो पारिश्रमिक लिन सफल उनी आफ्नो गीतका साथ आएपछि हिट हुनेमा कुनै दुविधा छैन ।