‘हेल्लो ब्रो’ सिरिजको ट्रेलर रिलिज (भिडियो)



सलोन सलिना फिल्मस्को व्यानरमा निर्मित नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको ट्रेलरको सिरिजमा युवाहरुको कथालाई देखाइएको छ । सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।

सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ ।

त्यस्तै सिरिजमा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिज श्रावण ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu