नेवाः सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकाको साथमा मनाएकी छिन् । मिस नेवाः ११३९ नितु डंगोलले शुक्रवार परेको आफ्नो जन्मदिन नयाँ बानेश्वरको संगम चोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन् ।

उनले आश्रममा आश्रित ४० बालबालिकाका बीच केक काटेर जन्मदिन मनाइन् । सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरुलाई कपी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामाग्री उपलब्ध गराएकी थिइन् । डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामाग्री पनि उपलब्ध गराएकी थिइन् ।
आप्mनो जन्मदिन फजुल खर्च गरेर मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन् । डंगोलले मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फष्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन् ।






