निर्देशक तथा कलाकार शिशिर राणा पक्राउ



निर्देशक तथा कलाकार शिशिर राणालाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको छ । उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । प्रहरीले राणालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम अदालतले सजायको फैसला सुनाएको थियो ।

शिशिर राणा दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । ‘तिमीसँग र पोई पर्‍यो काले’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । ‘माला’ नामक चलचित्रको निर्माण समेत गरेका उनले प्रोडक्सन म्यानेजरका रूपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu