लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघु चलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ । भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्ता गरेको कुराबाट लघुचलचित्र अगाडि बढेको छ ।
विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लघुचलचित्रमा लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने-जाने संस्कृति पनि यस चलचित्रमा देखिएको छ । बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा यस चलचित्रमा छ ।

लघु चलचित्रको पटकथा तथा संवाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डि.बि. आङबुङ लिम्बूले तयार पारेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन् । चलचित्रमा रुकमान लिम्बू र सबनम साबा लिम्बू गरेका छन् भने यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बूलगायतले अभिनय गरेका छ ।
याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायाङ्कन, बिनोद लामा ब्यग्राउन्ड म्युजिक, विकास दाहालको सम्पादन, कथा निर्देशन लोकेन सावाको निर्देशन रहेको छ । चलचित्रमा मनु नेम्बाङ र सुमन लिम्बूले स्वर छ । रचना नेम खापुङ लिम्बू, लय सङकलन सुमन लिम्बू, सङ्गीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ ।
भिडियो :-