अभिनेत्री जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्येष्टि



अभिनेत्री जेनी कुँवरको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । बिहीवार साँझ आफू बस्ने अपार्टमेन्टमा मृत फेला परेकी उनको शुक्रवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । टिचिङ अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरु पुगेका थिए ।

श्रीमानसँग काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनीका दुई छोरी छन् र दुवै देशबाहिर छन् । भान्सा कोठामा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी उनले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट प्रहरीले भेटाएको छ । जसमा उनले आफ्नो मृत्युको दोषी कोही नभएको उल्लेख गरेकी छन् । उनी विगत एक वर्षदेखि डिप्रेसनमा थिइन् ।

जेनीले चलचित्र ‘जिन्दगानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी उनले ‘घायल र हलचल’ नामक दुई चलचित्रको निर्माण समेत गरेकी थिइन् । पछिल्लो समय उनी अभिनयमा सक्रिय थिइनन् । केही वर्षदेखि उनी साधुको अवतारमा पशुपति परिसरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu