‘एक्स ९’ मा काम गर्न तयार छन् अनमोल ?



अभिनेता अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि घरमै सीमित छन् । दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए उनले यतिबेलासम्म घरको चलचित्र ‘एन्टी हिरो, पारस र माइतीघर २’ मध्ये एक चलचित्रको छायांकन भ्याइसकेका हुने थिए । त्यस्तै, ‘ए मेरो हजुर ४’ रिलिजको मुखमा हुन्थ्यो । तर, कोरोनाले गर्दा चलचित्र निर्माणदेखि रिलिजसम्म भद्रगोल बनेको छ ।

पाइपलाइनमा रहेका चलचित्रको छायांकन सुरु नहुँदा अनमोललाई बाहिरी ब्यानरका चलचित्र साइन गर्न पनि समस्या भएको छ । उनी लामो समयदेखि निर्देशक मुकुन्द भट्टसँग निरन्तर छलफलमा छन् । ७५ लाख पारिश्रमिकसहित उनलाई चलचित्र ‘एक्स ९’ अफर गरिएको छ । उनी चलचित्रमा काम गर्न सकारात्मक छन् । दुवै पक्ष साउनभित्र कागजी सम्झौता गर्ने तयारीमा छ ।

अनमोलले यो चलचित्रको छायांकन पूरा गरेपछि मात्र होम प्रोडक्सनको चलचित्र (एन्टी हिरो, पारस र माइतीघर २) लाई समय दिने बताइएको छ । तिहारपछि छायांकन सुरु हुने चलचित्रमा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, प्रियंका थापा र राज कटुवाल पनि मुख्य भूमिका रहने निर्देशक भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu