दीपकको व्यंग्य- ‘कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’



सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसहित प्रतिनिधिसभा ब्यूँत्याएपछि चलचित्रकर्मीहरुले पनि आफ्नो प्रतिक्रिया जनाउन थालेका छन् । प्रायःले सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् । कलाकार दीपकराज गिरीले भने सर्वोच्चको निर्णयपछि ४ वर्ष लगाएर नेताहरुले कस्तो संविधान बनाएछन् भनेर व्यंग्य कसेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’ उनको यो भनाईबाट जो प्रधानमन्त्री बने पनि कानै चिरेको भन्ने आशय बुझ्न सकिन्छ । उनको स्टाटसमा सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले आ-आफ्नो विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu