अभिनेत्री तथा मोडल नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् । हालै एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् । उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’

अहिले सिंगल मदरले पनि आफ्नो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आफ्नो पनि योजना रहेको उनी बताउँछन् । सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने बताउँदै नम्रता अगाडि भन्छिन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा आमा-बुबालाई पनि थाहा छ ।’
भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ । अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान-श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन् । उनले आफूले बच्चा एडप्ट गर्ने विषयमा पनि सोचिरहेको बताएकी छन् । उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ ।
भिडियो:




