हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मिर्गौला फेल



हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नीले काम गर्न छाडेको छ । विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचारार्थ उनले ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी परिवारबाहेक कसैलाई पनि दिएकी थिइनन् । एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बताएकी छन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । उनको किड्नी ट्रान्सप्लान्टका लागि ५० लाखभन्दा बढी रकम लाग्ने बुझिएको छ । उनको उपचारका लागि कलाकारहरुले आर्थिक सहयोग जुटाउन सुरु गरेका छन् ।

हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी उनी श्रीमानसँग सम्बन्ध बिग्रिएपछि २ छोरीको साथमा काठमाडौंमा बस्दै आएकी छन् । उनले दुई छोरीको लागि भएपनि आफू बाँच्च चाहेको बताएकी छन् । ५ वर्षदेखि उपचार खर्च टार्दै आएको भए पनि २ महिनादेखि अत्यन्तै गाह्रो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu