पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’ गीत सार्वजनिक (भिडियो)



गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ । भीम विसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन् ।

सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् । ‘बटौली, तीन पाते’ जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

नजिकिँदै गएको तिज र कोरोनाको प्रकोपबीच रहेको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ । मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् । यसअघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ‘ऐना हेरी हेरी’ को लिरिकिल भिडियो रिलिज भैसकेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu