भेटको पहिलो दिनदेखि नै हामी मिल्ने साथी हौं : पल-पुष्प



अभिनेता द्वय पल शाह र पुष्प खड्काले आफूहरु भेटको पहिलो दिनदेखि नै एकदमै मिल्ने साथी रहेको बताएका छन् । मंगलवार ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनमा अतिथीको रुपमा पुगेका उनीहरुले आफूहरुबीच दाजु-भाईको सम्बन्ध रहेको बताए । पलले भने- ‘भेटको पहिलो दिनदेखि नै हामी मिल्ने साथी हौं । एकअर्कालाई गाह्रो-साह्रो परेको समयमा साथ दिने र लिने गर्छौं ।’

पुष्प पनि पलसँँगको सम्बन्ध विशेष रहेको बताउँँछन् । उनी भन्छन्, ‘हाम्रो यात्रा एकअर्कासँँग जोडिएको छ । किनभने, म्यूजिक भिडियोबाटै हाम्रो करिअरको सुरुवात भएको हो । यसकारण पनि हामीबीच दाजु-भाईको जस्तो सम्बन्ध छ । हाम्रो धेरै भेट नभए पनि कहिले काहिँ भेट हुँँदा धेरै कुरा शेयर हुन्छ । पलसँग हुँदा पोजेटिभ भाइभ्स आउँछ । हामीबीच फेमिली रिलेसन पनि छ ।’

पुष्पले हालै ७० लाखमा सेतो रंगको हुन्डाइको क्रेटा गाडी खरिद गरेका छन् । ‘कमेडी च्याम्पियन’ को सेटसम्म पुष्पले आफ्नो नयाँ गाडीमा पललाई लिफ्ट दिएका थिए । पुष्पले गाडी किन्दा आफूलाई खुसी लागेको पल बताउँछन् । ‘नयाँ गाडी किनेको समाचार पढेपछि मैले पुष्पलाई फोन गरेर बधाई दिएको थिएँ । उसले नयाँ गाडी किन्दा म आफैंले किनेको जस्तो महशुस भयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu