सलोन सालीना फिल्म्स को ब्यानरमा बि.एम.एच.डि टेलिभिजनको प्रस्तुतीमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन् भने बि.एम.एच.डि टेलिभिजन निर्माताको रुपमा रहेको छ । सिरिजमा सुरेश न्यौपानेको लेखन तथा निर्देशन छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, आकाश बुढाथोकी सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ ।
सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना, मनीषा ओझा, ओजस्वी थापा ,सन्तोष गिरी लगायतको अभिनय छ । बुढासुब्बा डिजिटल यूट्युब च्यानलमा सिरिज प्रसारण हुनेछ । उक्त सिरिज साउन ७ गतेबाट प्रशारणमा आएको छ । प्रत्येक बिहिबार ७ः०० बजे बि.एम.एच.डि टेलिभिजन र सोही दिन राती ७:३० बजे बुढा सुब्बा डिजिटलको यूट्युब च्यानलमा सिरिज रिलिज हुनेछ ।
सिरिजको पहिलो भाग हेर्नुहोस् :-




