पल र मलिकालाई ‘पर्खी बसेँ २’ को अफर



‘फूलबुट्टे सारी र टाढा भएपनि’ गीतको सफलतापछि अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडी दर्शकको ‘फेभरेट’ बनेको छ । यही क्रेजलाई देखेर अहिले म्यूजिक भिडियोमा उनीहरुको सर्वाधिक माग छ । तर, म्यूजिक भिडियो निर्माण कम्पनी केन्द्र मोशन पिक्चरले उनीहरुसँँग ६ महिना अरु म्यूजिक भिडियोमा काम गर्न नपाउने गरी सम्झौता गरेको छ ।

चलचित्रमा पनि पल र मलिकाको जोडी बाँध्ने तयारीमा केन्द्र मोशन पिक्चर छ । जसको स्क्रिप्ट माओत्से गुरुङले लेखिरहेका छन् । निर्देशन पनि उनैले गर्ने बताइएको छ । जोडी हिट भएपछि चलचित्रमा पल र मलिकामाथि लगानी गर्न अरु प्रोडक्सन हाउस पनि इच्छुक देखिएका छन् । त्यसमध्ये एक हो, गोपीकृष्ण मुभिज । जसले चलचित्र ‘पर्खी बसेँ २’ को अफर उनीहरुलाई गरेको छ ।

निर्मात्री निकिता पौडेलले पल र मलिकासँग मौखिक सहमति भइसकेको बताइन् । उनले भनिन्, ‘उहाँहरु दुवैसँँग मैले विभिन्न चरणमा कुराकानी गरेको थिएँ । उहाँहरुलाई चलचित्रको स्क्रिप्ट र आफ्नो भूमिका मन परेको छ । केही दिनमै कागजी सम्झौता गर्ने तयारीमा छौं ।’ स्थिति सामान्य भएपछि छायांकन सुरु गरिने उनको भनाई छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् ।

२०६५ सालमा निर्माण भएको दीपक श्रेष्ठ निर्देशित चलचित्र ‘पर्खी बसेँ’ मा राजबल्लभ कोइराला, निखिल उप्रेती र युना उप्रेतीको मुख्य भूमिका थियो । त्यसबेला चलचित्रले बक्सअफिसमा ठूलो कमाई गरेको थियो । सिक्वेलमा भने एक नायक र दुई नायिका हुने जानकारी प्राप्त छ । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको ‘पिएम’ जोडीलाई चलचित्रमा हेर्नका लागि दर्शक उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu